दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान

काठमाडौं, २१ मसिर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको राररले जनाएको छ ।

राररका अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आज बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

प्रतिक्रियाको लागि

You might also like