हेटौँडाको कमाने मतदान केन्द्र नजिक बम फेला, मतदाता आतंकित

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा रहेको एक मतदान केन्द्र नजिक बम फेला परेको छ ।
हेटौंडा ८ कमानेमा अवस्थित चन्द्रोदय उच्च मावि मतदान केन्द्रको नजिक बम फेला परेको त्यहाँस्थित पत्रकार राज सापकोटाले तु खबरलाई जानकारी दिए ।

अहिले सेनाको बम डिस्पोजल टोली त्यहाँ आईपुगेको र बम डिस्पोज गर्ने कार्य भईरहेको बताइएको छ ।
बम फेला परेको हल्लापछि अहिले मतदान केन्द्रमा मतदाताहरु आतंकित भएका छन् ।

प्रतिक्रियाको लागि

You might also like