‘ काँग्रेस–राप्रपालाई जनताले विश्वास गर्दैन’

२०७४ मंसिर ६,बुधबार ०९:२८

मकवानपुर, ६ मंसिर । वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला रहेको मकवानपुरमा काँग्रेस–राप्रपाले चुनाव जित्न जुनसुकै हतकण्डा अपनाएपनि जनताले विश्वास नगर्ने बताएका छन् । मंगलबार राक्सीराङ ३ सरीखेतमा आयोजित चुनाबी सभामा बोल्दै खतिवडाले चुनाव जित्न विभिन्न भ्रमहरु छरेर जनता झुक्याउने काम गरेको बताए । जनताको भाबना बुझ्ने भएकोले वामगठबन्धनमा मत हाल्न आग्रह पनि गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश ख का उम्मेदवार राजाराम स्याङतानले वाममगठबन्धनमा जनताको बिश्वास बढ्दै गएको बताए । वामगठबन्धनमा जनताले दिएको मत खेर नजाने भन्दै बिकास निर्माण पहिलो प्राथमिकता हुने बताए । राक्सीराङ ३ का निर्वाचन परिचालन कमिटिका संयोजक गणेश मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य पीवी गोले, क्षेत्र नम्बर २ निर्बाचन परीचालन कमिटिका सहसंयोजक ओम घलान, प्रदेश ख का संयोजक लालबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*