ईन्द्रबहादुर बानियाँले गरे आफैलाई लखेट्न अनुरोध

२०७४ मंसिर ५,मंगलवार १३:०४

राक्सिराङ, ५ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १ र २ नम्बर वडामा पर्ने सरिखेतमा लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन भएको छ ।

प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गर्दै चुनावको समयमा प्रतिबद्धता जनाएका कुरा पूरा नभएमा अर्को पटक गाउँमा आउँदा लखेट्न अनुरोध गरेका छन् । उनले आफु फोस्रा आश्वासन नभई विकास दिन चाहेको भन्दै यहाँका जनताको सुखदुःखको साथी बन्न चाहेको बताए ।

सिँहराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*