लोकतान्त्रिक गठबन्धन जित नजिक पुगेको बानियाँको दाबी

२०७४ मंसिर ४,सोमबार ०७:१९

राक्सिराङ, ४ मंसिर । आसन्न निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को २ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका इन्द्रबहादुर बानियाँले जिल्लामा लोकतान्त्रिक गठबन्धन जितको नजिक रहेको दाबी गरेका छन् ।

आईतबार राक्सिराङ ४ मा भएको कोणसभा तथा प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटनमा उनले पछिल्लो समय काँग्रेस प्रवेश गर्ने क्रम बढेको र जनताले समेत लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन चाहेको बताए ।

काँग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जितले मात्र मकवानपुरसहित देशको मुहार फेरिन सक्ने दावी गरे । काँग्रेसले चिल्ला र झुटा भाषणलाई भन्दा जनताको कामलाई प्राथमिकता दिएकै कारण विषम् परिस्थितीहरुमा समेत काँग्रेसलाई जनताले माया गरिरहेको दावी गरे ।

कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले साविकको मकवानपुर क्षेत्र नम्बर २ र ४ को विकासको लागि प्रदेशसभामा इन्द्र बानियाँ र प्रतिनिधीसभामा महालक्ष्मी उपाध्याय डीनालाई जिताउनु आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य विश्वराज थिङ र नेकपा एमालेका जीवन थिङसहित केही कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्र बानियाँले टीका र माला लगाएर काँग्रेसमा स्वागन गरेका हुन् । नव प्रवेशीलाई योग्यता र क्षमताको आधारमा पार्टीले स्थान दिँदै जाने बानियाँले आश्वासन
दिए ।
नव प्रवेशी थिङले राक्सिराङमा माओवादी पार्टी संरक्षण गरेर बसेको बताउँदै अहिले वाम गठबन्धनको नाममा पार्टी समाप्त पार्ने र कुर्सीको लागि नेताहरुले जे पनि गर्न पछि नपरेकोले माओवादी छोडेको बताए । विकासको लागि सक्षम, इमान्दार एवम् मन्त्री बन्न सक्ने हैषियतको नेताहरु मकवानपुरले पाएको भन्दै थिङले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आजैदेखि लागिपर्ने घोषणा गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*