नेकपाको नेता भएको आरोपमा खैराङबाट सूर्य अर्याल पक्राउ

२०७४ कार्तिक ३०,बिहीबार ०६:४१

मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ९ बाट सूर्य अर्याललाई पक्राउ गरेको छ । नेकपाको नेता भएको र चुनावमा असर पार्न सक्ने भन्दै जिल्लाबाट गएको टोलीले खैराङबाट अर्याललाई पक्राउ गरेको खैराङस्थित स्थानीय स्रोतले जनाएको छ ।
आज खैराङको कात्तिकेमा औसीको मेला लाग्ने गर्दछ । आमा बुबाको सम्झनामा सोही ठाउँमा बत्ती बाल्न गएका अर्याललाई प्रहरी पक्राउ गरेको स्थानीयले जनाएका छन् । इलाका प्रहरी कार्यालय मनहरीले घटनाको पुष्टि गर्दै उनलाई पक्राउ गरिएको बताएको छ । नेकपाले यसबारे आधिकारिक जानकारी भने दिएको छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*