खुकुरी प्रहारबाट बाबु छोरासमेत ३ को मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा आज भएको खुकुरी प्रहारबाट ३ जनाको मृत्यु भएको छ । केही अघि एक जनाको मृत्यु भएकोमा पछिल्लो समाचार अनुसार तीनै जनाको मृत्यु भएको हो ।


मनहरी गाउँपालिका वडा नंं ७ बस्ने सिताराम धिताल, सितारामका छोरा बर्ष १६ का सुजन धिताल र ६५ बर्षीय जीतबहादुर ब्लोनको मृत्यु भएको हो । प्रहरीले जनाए अनुसार, सुमन बराइलीले खुकुरी प्रहार गर्दा तीनै जनाको मृत्यु भएको हो । एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने बाँकी दुईको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

You might also like