लोकतान्त्रिक गठबन्धनको हेटौंडा–१६ मा प्रचार कार्यालय उद्घाटन

हेटौँडा, २८ कात्तिक । हेटौँडा–१६ हटिया चिसापनीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । प्रदेशसभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ ¬(क) का उम्मेदवार धर्मराज लामिछानेले कार्यालयको उद्घाटन गरेका हुन् ।
उनले विद्युत, सञ्चार, खानेपानी, सडक र विकासका पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता जनाउँदै राप्रपाको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार कमल थापा र आफुलाई प्रदेशसभा सदस्यमा जिताउन आग्रह गरे । हेटौंडा–१६ प्रचारप्रसार संयोजक हरिप्रसाद अर्यालयको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति आनन्दराम पराजुली, काँग्रेस क्षेत्रीय सभापति तथा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, राप्रपा पूर्व केन्द्रीय सदस्य नवराज बिष्ट, राप्रपा केन्द्रीय सदस्य दीपक बहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा काँग्रेस जिल्ला सदस्य भीमसेन महत, हेटौंडा–१६ वडा अध्यक्ष रामकृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।

You might also like