दुई वडामा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गठबन्धनको चुनावी अभियान अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र १ को ख का प्रदेश सभाका उम्मेदवार अशोक शाक्यले विकासका पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । हेटौंडा–१३ नम्बर र १४ नम्बरका अध्यक्ष कृष्ण थिङ र बलराम बलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि थापा सहित, प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक माइकल रामचन्द्र अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा काँग्रेस समानुपातिक उमेद्धवार पवित्रा विक, काँग्रेस जिल्ला कोषाध्यक्ष गोपीलाल विक, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापाकोटा लगायतको उपस्थिति रहेको थियो ।

You might also like