शरद गौचनलाई गोली हानी हत्या गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ, २८ कात्तिक । निर्माण व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष शरद गौचनको हत्यामा संलग्न ५ जनाले प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस घटनामा आरोपी अन्य ६ जना फरार रहेको प्रहरीको भनाई छ । प्रहरीले जारी गरेको विवरण अनुसार, यसमा संलग्न व्यक्तिहरुले एक महिनादेखि गौचनलाई निगरानी गरी राखेको र भारतबाट गोली किनेर ल्याई गौचनमाथि प्रहार भएको उल्लेख छ ।

You might also like