प्रधानमन्त्री देउवासँग कुरा गरेर हेटौंडालाई प्रदेशको राजधानी तोकिएको हो : इन्द्रबहादुर बानियाँ

उम्मेदवार, प्रतिनिधिसभा २ को प्रदेशसभा २ मकवानपुर
२०७४, २२ कार्तिक बुधबार ०१:३६

तपाई तेस्रो पटक चुनावी मैदानमा होमिदै हुनुहुन्छ ? यस पटक प्रदेशसभामा तपाईको उम्मेदवारी किन ?
हो । म चुनावी अभियानमा तेस्रो पटक जनता माझ जाँदैछु । यसअघि मैले संविधानसभा निर्वाचन २०६४ र २०७० मा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेको थिएँ । २०६४ मा मैले विजय हासिल गर्न नसके पनि निरन्तर जनतासंग रहेर विकासका काम गरिरहेँ र २०७० सालमा जनताको मतले विजय भएर चार बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छु । अहिले मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश (ख) मा उम्मेदवारको रुपमा प्रस्तुत भएको छु । जनताको बर्षौदेखिको विकासको आकांक्षा पुरा गर्नु नै मेरो उम्मेदवारी हो । पटक पटक मत दिएपनि त्यस क्षेत्रको विकास गर्न यसअघि जितेकाहरुले काम नगरेको गुनासो त्यस क्षेत्रका जनताबाट आएपछि मैले विकासको आकांक्षा पुरा गर्न उम्मेदवारी दिएको हुँ ।

विगतमा क्षेत्र नम्बर १ मा विजयी भएपछि के गर्नु भयो र ?

२०७० सालमा जनताले संविधान निर्माणको जिम्मेवारी दिनु भएको थियो । त्यो पुरा गर्दै विकासको काममा तल्लिन भएँ । परिणाम स्वरुप पूर्वी मकवानपुरमा अहिले देखिने विकास भएको छ । बर्षौदेखि विकासमा पछि परेको मकवानपुर क्षेत्र नम्बर १ मा कान्तिलोकपथ, धरान चतरासहितका सडक पूर्वाधारको काम तिब्र गतिमा भईरहेका छन् । प्रमुख रणनीतिक सडकहरु, नदि प्रणालीलाई व्यवस्थित गर्ने काम, विद्यालय, मठ मन्दिर, पुल लगायतका क्षेत्रमा अर्बौको लगानी भएको छ । अहिले म प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट उम्मेदवार बन्दै गर्दा जनतामा उत्साह आउनुको कारण पनि मैले विगतमा गरेको विकासे काम नै हो । जनताको आकांक्षा भनेको सुख दुःखमा साथ दिने र विकासको काम गर्ने नेता नै हो । त्यो आकांक्षा मैले पुरा गरेको छु ।

चुनावमा मत माग्न जाँदै हुनुहुन्छ । एजेण्डाहरु के के ल्याउनु भएको छ ?

मकवानपुरको प्रतिनिधिसभा २ को प्रदेशसभा २ जिल्लाकै विकट क्षेत्र हो । यो क्षेत्रको भौगोलिक विकटताका कारण यहाँका जनताले यातायात, शिक्षा, स्वास्थ्य लगायतका अत्यावश्यक सेवामा कठिनाई भोगिरहनु परेको छ । यो क्षेत्र सिमान्तकृत चेपाङ समुदायको बाहुल्य क्षेत्र र लोपोन्मुख बनकरिया समुदायको बसोबास भएको क्षेत्र पनि हो । सबै दृष्टिकोणले विकासमा पछि परेको यो क्षेत्रको विकास गर्नु नै मेरो उम्मेदवारीको प्रमुख कारण हो । मैले पहिलो प्राथमिकता यस क्षेत्रको सडक सञ्जाललाई विस्तार गर्ने कामलाई राखेको छु । डाँडाबास–डाँडाखर्क–शिलाधुनी–भण्डारा सडक, नारायणगढ–मुग्लिन सडकको बैकल्पिक सडकको रुपमा मनहरी–डाँडाखर्क–धादिङ–मलेखु सडक, रजैया–लामिटार–पदमपोखरी हुँदै हेटौँडाको पूर्वपश्चिम जोड्ने सडकसहितका प्रमुख र अन्य सडकहरुलाई प्राथमिकताका साथ अघि बढाउने छु ।
सडक सञ्जालको विस्तारसंगै गाँजा खेतिको विकल्पमा नगदे बालिलाई प्रोत्साहन, सिपमुलक तालिम दिई गाउँमै स्वरोजगार सिर्जना, लघु उद्यम प्रवर्धन, चेपाङ संरक्षित क्षेत्र घोषणा, राष्ट्रिय स्तरको चेपाङ संग्राहलयसहित बहुसांस्कृतिक भवन निर्माण, क्षेत्रीय अस्पतालको स्थापना र सबै स्वास्थ्य संस्थालाई प्रविधि र प्राविधिकयुक्त बनाउने मेरो लक्ष्य छ । यी लगायतका मेरा धेरै विषय समेटेर तयार पारेको पारेको प्रतिवद्धता पत्र गाउँ गाउँ पु¥याईसकेको छु ।

उम्मेदवार प्रतिवद्धता गर्दै भोट माग्छन् तर पुरा गर्दैनन् भन्ने मतदाताको गुनासो पुरानो होइन नि ?

तपाईले सही प्रश्न गर्नुभयो । यसअघि जितेका सबै नेताहरुले जनतालाई झुक्याएका कारण जनताको यो प्रश्न आएको हुन सक्छ । तर मेरो हकमा यो कुरा लागु हुँदैन । म जनताबाट एक पटक अनुमोदन भएको उम्मेदवार हुँ । अनुमोदन भएपछि मैले मत माग्दा गरेको प्रतिवद्धता ९० प्रतिशत पुरा गरेको छु । म त्यस्तो नेता हो जो सबैभन्दा बढि आप्mनो निर्वाचन क्षेत्रमा पुगेको छु, हरेकलाई नजिकबाट सहयोग गरेको छु, चाहे सभासद र सांसद हुँदा होस्, चाहे मैले राज्यमन्त्रीको भुमिका बहन गर्दा होस् । मतदाता आफुले मत दिएको नेता सधैं आप्mनो गाउँघरमा आओस् भन्ने ठान्दछन्, मैले त्यो काम गरेको छु । कम्युनिष्टहरु आश्वासनको पोका बाँडेर चुनाव जित्छन् र जनतालाई धोका दिन्छन्, त्यसैले जनताको कम्युनिष्ट उम्मेदवार र नेतासँग सधै चित्त दुखाई र गुनासो हुन्छ । नेपाली कांग्रेस विश्वास दिलाउँछ, विकास पु¥याउँछ त्यसैले हामीसंग जनता सधैं खुशी हुन्छन् । मैले उम्मेदवारी दिएपछि मेरो उम्मेदवारी क्षेत्रमा देखिएको उत्साह त्यसैको उदाहरण हो ।

मकवानपुर क्षेत्र नम्बर १ मा जितेर धेरै विकास गरेको भन्दै हुनुहुन्छ । तर जितेको क्षेत्र नै छोडेर अर्कै क्षेत्रमा किन चुनावमा उत्रनु भयो ?

मकवानपुरमा ५ दशकपछि नेपाली कांग्रेसले जनताको सेवा गर्ने अवसर पाएको मकवानपुर क्षेत्र नम्बर १ बाटै हो । जनताले नेपाली कांग्रेसको रुख चिन्हको उम्मेदवार मलाई विश्वास गरेर विजय गराएपछि मैले पनि आप्mनो कार्यकालमा यस क्षेत्रको विकासमा सक्दो काम गरें । मकवानपुरमा ५ दशकदेखि जितेका जनप्रतिनिधिले नगरेको काम मैले ४ बर्षको कार्यकालमा गरें । त्यस कारण मकवानपुर क्षेत्र नम्बर १ का मतदाताले मलाई त्यही क्षेत्रमा उम्मेदवारी दिन सुझाव दिईएको थियो । मैले छोटो समयमा यस क्षेत्रको विश्वास आर्जन गरेकै हो । किनकी यसअघि मत दिएकाहरुले मतको सम्मान गर्न सकेनन्, विकासको काम गरेनन् । तर वर्तमान राजनैतिक परिस्थितिका कारण मैले फरक क्षेत्र उम्मेदवारी दिनु परेको छ । तर म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापति पनि हुँ । सबै क्षेत्रको विकासमा उत्तिकै सहभागी हुनुपर्ने मेरो जिम्मेवारी पनि हो । मैले अर्को क्षेत्रमा उम्मेदवारी दिंदै गर्दा पनि म भौतिक एवं भावनात्मक रुपमा मकवानपुर क्षेत्र नम्बर १ का जनतासंगै छु । मैले प्रतिवद्धता व्यक्त गरेर बाँकी रहेका थोरै काम पुरा गर्न र आगामी दिनमा थप नयाँ योजना मकवानपुर क्षेत्रमा लैजानेमा म प्रतिवद्ध छु । देश राजनैतिक ध्रुविकरणमा गएपछिको परिस्थितिका कारण मेरो उम्मेदवारी प्रतिनिधिसभा २ को प्रदेश सभा २ मा भएको हो ।

मकवानपुरमा केन्द्रीय गठबन्धन अनुसार सहमति गर्नु हुँर्दैन भन्ने आवाज पनि उठेको थियो नि ?

यो मनोनयन दर्ता गर्नु अघि आफुले जितिरहेको क्षेत्र छोड्नु हुँदैन भन्ने जिल्लाका नेता कार्यकर्ताहरुको भावना हो । त्यो भावनाको हामीले सम्मान गर्नुपर्छ । तर देशको बदलिंदो परिस्थितिका कारण लोकतन्त्र नै नरहने खतरा बढेर गयो, सरकार ढाल्ने र चुनाव नै हुन नदिने ढंगले बाम गठबन्धन अघि बढ्न थालेपछि देशको आवश्यकता अनुसार लोकतान्त्रिक गठबन्धन बन्न पुग्यो । मनोनयन दर्तासंगै जिल्लाका नेता कार्यकर्ताहरुले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउने अठोटका साथ आप्mनो क्षेत्रमा खटिएकाले यो विषय टुंगिएर चुनावी अभियानले आप्mनै गति लिईसकेको छ ।
राष्ट्रिय संकटबाट देशलाई बचाउनु नै नेपाली कांग्रेसको प्रमुख दायित्व भएकाले देशको मूल दायित्व भन्दा ठूलो मेरो उम्मेदवारी र क्षेत्र नहुने भएकाले मैले परिस्थिति अनुसार केन्द्रीय नेतृत्वले दिएको निर्देशन पालना गरेको हुँ । हामीले ४ बर्षमा गरेको कामका कारण मकवानपुर क्षेत्र नम्बर १ मा यसपाली पनि लोकतान्त्रिक गठबन्धनले जित हासिल गर्नेमा हामी विश्वस्त छौं । मकवानपुर क्षेत्र नम्बर १ का जनताले विगतमा जसरी हामीलाई विश्वास गर्नुभयो, त्यसैगरी यसपटक पनि मतदान गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।

प्रतिनीधिसभा २ को प्रदेश २  आश्रित क्षेत्रको रुपमा लिईन्छ । चुनाव जित हार गाँजाकै मुद्धाका कारण हुन्छ भनिन्छ ? यसबारे यहाँको धारणा के छ ?

म यस मुद्धामा स्पष्ट छु । यो क्षेत्रमा गाँजा खेति धेरै हुने गरेको थियो । तर पछिल्ला बर्षहरुको तथ्यांक हेर्नुहुन्छ भने त्यस क्षेत्रमा गाँजा खेति गर्ने क्रम घट्दै गएको छ । सडक सञ्जाल नहुँदा आफुले उत्पादन गरेका काउली, फर्सी, काँक्रो, खुर्सानी बजारसम्म पु¥याउन बढि लागत लाग्ने भएकाले थोरै आर्थिक लाभका कारण विगतमा यस क्षेत्रमा गाँजाखेति भएको हो । थोरै आर्थिक प्रलोभनका कारण गाँजाको व्यापार गर्दा होस् वा जीवनयापनका लागि भरियाको काम गर्दा धेरैजना अहिले विभिन्न कारागारमा सजाय भोगिरहनु भएको छ । अहिले यही कारण धेरै परिवार टुटेको छ, बालबच्चाको विचल्ली भएको छ । त्यसैले त्यस क्षेत्रका बासिन्दाको बाध्यतालाई बुझेर अहिले सडक सञ्जाल विस्तारको काम अघि बढेको छ । यो संगै गाँजाखेति भन्दा अन्य खेति गर्ने क्रम बढेको छ । मेरो मूल उद्देश्य यस क्षेत्रका सबैतिर सडक सञ्जालले जोड्ने हो । सडक सञ्जाल जोडिएसंगै यस क्षेत्रमा गाँजाको विकल्पको रुपमा नगदे बालिलाई प्रोत्साहन गर्न सके गैरकानूनी भनेर निषेध गरेको काममा यस क्षेत्रका जनता लाग्दैनन् । बाध्यताका कारण विगतमा गरेको कामलाई छोडेर नयाँ ढंगले आर्थिक उपार्जनतर्फ लाग्ने छन् भन्ने मेरो विश्वास छ ।

सबै उम्मेदवार जित सुनिश्चित भएको कुरा गर्छन् । तपाइले भन्ने पनि त्यहि त होला नि ?

चुनावी मैदानमा उत्रिएको जित्नकै लागि भएकाले सबैले जित्छु भन्नु स्वभाविक हो । तर मेरो जित्ने केही आधार छन् जो अन्य उम्मेदवारहरुमा छैन । पहिलो आधार पटक पटक जनताले कम्युनिष्टहरुका उम्मेदवारलाई जिताएर पठाएपनि मकवानपुर विकासमा सधै पछि परिरह्यो । तर एक पटक नेपाली कांग्रेसको उम्मेदवारलाई जिताउँदा क्षेत्र नम्बर १ मा गरेको काम सबैलाई जानकारी नै छ । त्यसैले लोतान्त्रिक गठबन्धनले जित्ने निश्चित छ । दोस्रो बाम गठबन्धनका नाममा उही यसअघि पटक पटक जितेका उम्मेदवार फेरि पनि जनतामाझ जाँदै छन्, यसअघि जितेर काम नगरेका पुराना उम्मेदवारलाई जनताले मत नदिने पक्का छ किनकी जनता विकास चाहन्छन्, आप्mनो जीवन सहज भएको हेर्न चाहन्छन् । विकास गर्ने नेताको खोजीमा रहेका जनताले म र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई नै विजय गराउँछन् ।

यहाँलाई प्रदेशको मूख्यमन्त्रीको रुपमा पनि चर्चा गरिंदैछ । के यो साँचो हो ?

मैले प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर १ बाट आप्mनो उम्मेदवारी दिने तयारी गरेको थिएँ । तर राजनैतिक परिस्थतिका कारण मेरो उम्मेदवारी प्रदेशसभामा हुने भएपछि पार्टी नेतृत्वले मेरोबारेमा विशेष चासो र चिन्ता राखेको सत्य हो । प्रदेशको राजधानी हेटौँडा ल्याउने विषयमा प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासंग गरिएको पहलका कारण अहिले अस्थायी भएपनि राजधानी हेटौँडा नै तोकिएको छ, यसलाई स्थायी रुपमा यही राख्ने प्रतिवद्धता पनि छ । मकवानपुर क्षेत्र नम्बर १ का जनताले मलाई विजय गराएपछि उहाँहरुको सम्मानमा पार्टीले मलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृहराज्यमन्त्रीको जिम्मेवारी दिएको थियो । दुबै जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेको, जिल्ला सभापतिको भूमिका पनि कुशलतापूर्वक सम्पन्न गर्दै जिल्लामा स्थानीय तहमा राम्रो उपस्थिति गराएका कारण पार्टी नेतृत्वमा म प्रति भरोसा बढेको छ । पार्टीका विभिन्न बैठकमा मूख्यमन्त्रीको बारेमा चर्चा हुँदा मेरो नामबारे छलफल भएको छ । प्रतिनिधिसभा मकवानपुरका क्षेत्र नम्बर २ को प्रदेशसभा २ का मतदाताले विजयी गराएपछि पक्कै पनि यस क्षेत्रका जनताको मतको सम्मान हुनेछ । यहाँहरुले अपेक्षा गरे अनुसार पार्टी नेतृत्वले मूल्यांक गर्नेछ भन्नेमा म विश्वस्त छु ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*