ताप्लेजुङमा पनि एक साता निषेधाज्ञा

तु खबर संवाददाता
२०७८ बैशाख २१,मंगलवार १५:२८

ताप्लेजुङ । ताप्लेजुङमा पनि निषेधाज्ञा लागू गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ ।

सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो ।

फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्लाभित्र निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २० रहेको छ भने तीन जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*