बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख २१,मंगलवार १५:१४
सांकेतिक तस्बिर

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार, संक्रमणका कारण कपिलवस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुषमा गत बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै, अस्पतालमा सैनामैना –१ मुर्धानीका ३२ वर्षीय युवकको पनि मृत्यु भएको छ । उनी कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालमा उपचारर गर्दै आएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*