माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७८ बैशाख २१,मंगलवार १४:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बस्ने भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने रणनीति भएपछि माओवादी केन्द्रले बैठक बोलाएको बुझिएको छ । सोमबार काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेर ओलीको विश्वासको मत दिने निर्णयबारे छलफल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*