मनहरीको एम.जी मिनि मार्टलाई १० हजार जरीवाना

तु खबर संवाददाता
२०७८ बैशाख २१,मंगलवार १४:१३

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित एम.जी मिनि मार्टलाई नगद १० हजार रुपैयाँ जरीवना गरिएको छ ।

म्याद गुज्रिएका प्याकिङ् खाद्य पदार्थ बिक्रि भइरहेको र खाद्यान्न सामग्रीको खरिद बिल नभएको कारण उक्त मार्टलाई नगद जरीवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले मनहरी ७ कै संगिता किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामग्रीहरु बरामद गरी नष्ट गरेको छ ।

अनुगमन टोलीले मेडिकल तथा फार्मेसीहरुको समेत अनुगमन गरी माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु बढी मुल्यमा बिक्रि भइरहेको पाइएकोले आगामी दिनमा त्यसो नगर्न कडा निर्देशन जारी गरेकोसमेत जनाइएको छ ।

टोलीले ३ वटा किराना पसल र ६ वटा मेडिकल तथा फार्मेशीको अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरको सूचना अधिकारी सृजना महर्जनले जानकारी दिइन् ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहाल, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडालगायत व्यवसायिक संस्थाका प्रतिनिधिसमेतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*