बागमती प्रदेश मन्त्रिपरिषद् बैठकबाट यातायात प्रवाह सम्बन्धी राजश्व २०७८ स्वीकृत

तु खबर संवाददाता
२०७८ बैशाख २०,सोमबार १८:५०

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्युतीय माध्यमबाट यातायात प्रबाह सम्बन्धी राजश्व २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँच वटा जिल्ला अस्पताल र दुई वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ संक्रमित बिरामीहरुलाई उपचार सेवामा निरन्तरता दिन आवश्यक बजेट यथाशिध्र उपलब्ध गराउने र भेन्टिलेटर, आइसियु कक्ष स्थापना गर्नुको साथै आईसोलेशन कक्षहरु स्थापना गर्ने कार्यलाई प्राथमिकता दिइने निर्णय भएको छ ।

सोही बैठकले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित मेडिकल शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब ७५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*