भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु

एजेन्सी
२०७८ बैशाख २०,सोमबार १५:०२

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट तीन हजार ४ सय १७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९ सय ५९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ । तीमध्ये हाल भारतमा ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएसँगै भारतमा कोरोना संक्रमण निको हुनेको कुल संख्या १ करोड ६२ लाख पुगेको जनाइएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । –एएनआई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*