वडाध्यक्ष बानियाँद्वारा सामुदायीक प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

तु खबर संवाददाता
२०७८ बैशाख १९,आईतवार १९:१५

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष राजेश बानियाँले सामुदायीक प्रहरी सेवा केन्द्र हेटौँडा–९ पशुपतिनगरलाई एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका छन् ।

वडाध्यक्ष बानियाँले आफ्ना स्वगीय हजुरबुबा चेतसिं बानियाँ र बाबु वीरेनद्रबहादुर बानियाँको स्मृतिको अवसरमा सामुदायी प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष बानियाँले नागरिकका हरेक दुःख र विपदको घडिमा साथ रहने प्रहरी र प्रहरी सेवालाई नागरिकप्रति थप उत्तरदायी बनाउने उद्देश्यले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको जानकारी दिए ।

उक्त एम्बुलेन्स बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बसन्त कुमार लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सोमेन्द्र सिंह राठौर र सामुदायीक सेवा केनद्र हेटौंडा–९ पशुपतिनगरका राम विष्टलाई संयुक्त रुपमा वडाध्यक्ष बानियाँले एम्बुलेन्स हस्तानतरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण गर्दै वडाध्यक्ष बानियाँले सामुदायी प्रहरीले एम्बुलेन्सको सही सदुपयोग गरी नागरिकको सेवामा सक्रिय रुपमा प्रयोग गर्न आग्रह गरे ।

एम्बुलेन्सको सही ढंगबाट प्रयोग गरी प्रहरीको नाम र कामलाई थप उचाई प्रदान गर्नतर्फ सेवा केन्द्रले महत्व पुर्ण भुमिका निर्वाह गर्ने डिआइजी लामाले विश्वास व्यक्त गरे ।

उनले प्रहरी सेवालाई सुधार गर्ने अभियानमा यस एम्बुलेन्सले थप सहयोग गर्नेमा आफूेको उनले बताए ।

कुल १४ लाख ५० हजार लागतमा वडाध्यक्ष बानियाँले उक्त एम्बुलेन्स खरिद गरी सेवा केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*