बागमती प्रदेशसभा बैठक बैशाख २ गते बस्ने

तु खबर संवाददाता
२०७७ चैत्र ३१,मंगलवार १६:२३

मकवानपुर । बागमती प्रदेशसभा बैठक आगामी वर्ष २०७८ बैशाख २ गते बस्ने भएको छ ।

बैठक बैशाख २ गते दिनको १ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरीएको हो ।

उक्त बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डामाति छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।

प्रदेशसभाको बैठक यसअघि गत चैत्र २४ गतेदेखि २६ गतेसम्म संचालन भएको प्रदेशसभाको सातौ अधिवेशन बैठक बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण अनिश्चित कालका लागि स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*