मकवानपुरका लामासहित ३ जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७७ चैत्र ३१,मंगलवार १४:५३
सांकेतिक तस्बिर

मकवानपुर । आपराधिक कार्यमा संलग्‍न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मकवानपुरको बकैंया गाउँपालिका घर भई बूढानीलकण्ठ बस्‍ने ३४ वर्षीय नीमा लामा, नुवाकोटको ताँदी गाउँपालिका– २ घर भएका २८ वर्षीय प्रकाश तामाङ र धादिङको रोराङ नगरपालिका–२ घर भएका ३१ वर्षीय विनोद लामालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई महानगरीय वृत्त महाजगञ्‍जबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि हो–हल्ला गर्दै सर्वसाधारण मानिस तथा महिलाहरुलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*