सरकारले आज कोरोनासम्बन्धी नयाँ मापदण्ड जारी गर्ने

तु खबर संवाददाता
२०७७ चैत्र ३१,मंगलवार ०९:५६
file photo

मकवानपुर । सरकारले आज स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकको निर्णयअनुसार आज कोरोना भाइरससम्बन्धी नयाँ मापदण्ड जारी गर्न लागिएको हो ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै यससम्बन्धी तय भएको मापदण्ड लागू गर्न लागिएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्समक्ष तीन साता विद्यालय बन्द गर्ने लगायतका प्रस्ताव गरेको थियो ।

तर, तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको छ । कोरोना भाइरसको केही दिनको अवस्था हेरेर मात्र यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*