नवनिर्वाचित पत्रकारहरुको स्वागत तथा सम्मान

तु खबर संवाददाता
२०७७ चैत्र ३१,मंगलवार ०९:४७

मकवानपुर । मकवानपुर जागरण अभियानले नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखामा नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।

अभियानले मंगलबार हेटौडामा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई ढाका टोपी र माला लगाएर सम्मान गरेको हो ।

कार्यक्रम अभियानका अध्यक्ष कृष्णराज कोइरालाको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष नानीमाया (सम्झना) कार्की, महासचिव कृष्ण सारु मगर, वरिष्ठ पत्रकार गिरिजा अधिकारी, महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा केन्द्रीय पार्षद भानुभक्त आचार्य, कलाकार अमिर गौतम, पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतमलगायत नवनिर्वाचित केन्द्रीय, प्रदेश परिषद सदस्य तथा जिल्ला कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*