आजको मौसमः क्षणिक वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७७ चैत्र ३१,मंगलवार ०८:५६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको उल्लेख छ ।

साथै हाल देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा र देशका धेरै स्थानहरूमा तुवाँलो लागिरहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा भनिएको छ ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली हुने साथै बाँकी भूभागमा मौसम सफा रहनेछ भने पहाडी भूभागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केहि भूभागमा तुवाँलोको असर रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, महाशाखाका अनुसार आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*