पाँचौं राजर्षी कपको उपाधि पिप्ले युवा क्लब हेटौँडालाई

तु खबर संवाददाता
२०७७ चैत्र ३१,मंगलवार ०८:४८

मकवानपुर । सर्लामा संचालन भएको पाँचौ राजर्षी कप फुटबल प्रतियोगिताको उपाधि पिप्ले युवा क्लब हेटौँडाले हात पारेको छ । सोमबार भएको फाइनल खेलामा आयोजक बागमती नगरपालिकालाई सडनडेथमा हराउँदै पिप्ले क्लब हेटौँडा उपाधि हात पारेको हो ।

खेलमा निर्धारित समय र टाइब्रेकर समेत बराबरी भएपछि सडनडेथमार्फत निर्णय लिइएको हो । पिप्लेले आयोजकलाई सडनडेथमा ५–४ गोल अन्तरले पराजित गराउँदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए ।

बिजेता पिप्लेले ट्रफीसहित नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । यसैगरी उपविजेता आयोजक टिमले भने ५ लाख ५ सय रुपैयाँमै चित्त बुझायो ।

खेलको ५ औं मिनेटमा नै समिराज थोकरको गोलबाट पिप्लेले अग्रता लिएको थियो । ११ औं मिनेटमा सर्लाहीका स्टेफन समिरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । स्टेफनले नै १६ औं मिनेटमा बागमतीलाई थप गोल गर्दै अग्रता दिलाए । पिप्लेका कप्तान साहीदले २७ औं मिनेटमा गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए ।

रेफ्रीले सही निर्णय नलिदा सर्लाहीका ऋतिक खड्काले ८९ औं मिनेटमा गोल गर्दै आयोजकलाई उपाधी नजिक पुर्याए । ५ मिनेट इन्ज्युरी समयको तेस्रो मिनेटमा डिफेन्सले क्लियर गर्न खोजेको बलमा गोलरक्षक अगाडि बढ्दा पिप्लेले उपहार गोलमार्फत खेललाई बराबरीमा ल्याएको थियो ।

फाइनल खेलमा पिप्लेका ग्लोरी म्यान अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बागमतीका अरुण ब्लोन, डिफेन्डर पिप्लेका शाहिद मिडफिल्डर पिप्लेकै राजेन्द्र रावल, सर्वाधिक गोलकर्ता बागमतीका स्टेफन समीर र उत्कृष्ट प्रशिक्षक पिप्लेका सुबिन घिमिरे घोषित भए । उनीहरुले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै बागमतीका विजय घलानले ५१ हजार रुपैयाँ प्राप्त गर्दा सर्लाही उदयीमान खेलाडी घोषित हुँदै सर्लाहीला गोलरक्षक अरुण ब्लोनले पल्सर मोटरसाइकल प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*