दोलखामा गाडी दुर्घटना, ४ जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ चैत्र ३१,मंगलवार ०७:५४

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

गएराति चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा रहेका छन् ।

प्रहरीका अनुसार, सोही दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । तीमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*