बसको ठक्करबाट मोटरसाइकल चालक श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०७७ चैत्र ३०,सोमबार १८:४२

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार बिहान बा ३ ख ९६५८ नम्बरको बसले बा ५९ प ६९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँपालिका–५ का ३२ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको लागि सिन्धु सदावर अस्पताल खाडीचौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही दुर्घटनामा मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ का ४० वर्षीय सोमबहादुर श्रेष्ठ र ७ वर्षीय अनुच श्रेष्ठ घाइते भएका छन् । उसोमबहादुरलाई थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल रिफर गरिएको छ भने ७ वर्षीय अनुचको सिन्धु सदावर अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*