पत्रकार महासंघ बागमती प्रदेशको नवनिर्वाचित पदाधिकारीहरुद्वारा शपथ तथा पदभार ग्रहण

तु खबर संवाददाता
२०७७ चैत्र ३०,सोमबार १७:२४

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदाधिकारीहरु पद तथा गोपनियताको शपथ तथा पदभार ग्रहण गरेका छन् ।

सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित नेपाल पत्रकार महासंघ बागती प्रदेशको कार्यालयमा भएको एक कार्यक्रमबीच नवनिर्वाचित कार्यसमितिको पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार, महासंघ प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष शिव देवकोटा, उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष नानीमाया कार्की (सम्झना), महासचिव कृष्ण सारु मगर, कोषाध्यक्ष रमेश ढुंगेल र समावेशी सचिवमा राजन विक (गाउँले) तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ तथा पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष दवकोटाले लोकतन्त्रको सुदृढीकरण गर्दै पत्रकारहरुले अनुशासित हुँदै सत्य÷तत्थ समाचारलाई मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिए ।

प्रेस स्वतन्त्रता र पत्रकारीता क्षेत्रको विकासका लागि सबै श्रमजिवी पत्रकारहरु एक जुट भएर अघि बढ्नु पर्ने समय आएको उनले बताए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निर्वतमान अध्यक्ष प्रताप विष्टले नवनिर्वाचित अध्यक्ष देवकोटालाई पद हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*