आज मन्त्रिपरिषद बैठक बस्दै

तु खबर संवाददाता
२०७७ चैत्र ३०,सोमबार १५:२७
file photo

काठमाडौं । आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने भएको हो ।

आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ ।

सीसीएमसीको शनिबारको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो। सो प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*