टिपरको ठक्करबाट गुरुङको मृत्यु

तु खबर संवाददाता
२०७७ चैत्र ३०,सोमबार १४:५०
file photo

काठमाडौं । सुनसरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो जिल्लाको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङ रहेका छन् ।

उनको प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*