प्रधानमन्त्रीले महाधिवेशन आयोजक समितिको बैठक बोलाए

तु खबर संवाददाता
२०७७ चैत्र ३०,सोमबार १४:३८
file-photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक बोलाएका छन् ।

बैठक आगामी बैशाख ६ गतेका लागि बोलाइएको बागमती प्रदेशका सहइन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार, उक्त बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्नेछ ।

एमाले अध्यक्ष ओली पक्षीय केन्द्रीय कमिटीका सदस्यहरुको बैठकले एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*