यातायात कार्यालय हेटौँडाले नयाँ सफ्टवेयर संचालन गर्ने

तु खबर संवाददाता
२०७७ चैत्र २९,आईतवार १९:०४
file-photo

मकवानपुर । बागमती प्रदेश, यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले आगामी बैशाखको तेस्रो हप्ताबाट नयाँ सफ्टवेयर प्रणाली संचालन गर्ने भएको छ ।

कार्यालयले प्रदेशको विभिन्न जिल्लाको सवारीसाधन दर्ता गर्ने प्रयोजनको लागि आगामी बैशाख तेस्रो हप्ताबाट यातायात सम्बन्धि नयाँ सफ्टवेयर संचालन गर्ने भएको कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले जानकारी दिए ।

सो कार्यालयका अनुसार, प्रदेशको विभिन्न जिल्लाका सबै प्रकारका सवारीसाधनका व्यक्तिहरुलाई सवारी अनुमती पत्र (लाइसेन्स) लिनको लागि चालु आर्थिक वर्षको पुष १४ गतेदेखि फागुन मसान्तसम्ममा कूल ६ हजार ४ सय ६८ जना व्यक्तिले अनलाईनमार्फत फम दर्ता गराएको थियो ।

ती दर्ता भएको फममध्ये हाल २ हजार २ सय ९० जनाले लाइसेन्स प्राप्त गर्न लिखित परीक्षा र ट्रायल परीक्षासमेत उत्रिण गरिसकिएको छ । उनीहरुलाई यातायात सेवा विभाग काठमाडौंले केही महिना भित्रै लाइसेन्स स्मार्ट कार्ड वितरण गर्ने यातायात सेवा कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।

उक्त कार्यालयले पुरानो तयारीका साथ आएको स्मार्ट कार्ड ११ हजार ७ सय ४४ मध्ये आज चैत्र २९ गतेसम्म ६ हजार ५ सय १० वटा पुरानो स्मार्ट कार्ड पनि वितरण गरिसकेको जनाएको छ ।
उक्त कार्यालयका अनुसार, अब पुरानो बाँकी विरतण गर्न ५ हजार २३४ वटा स्मार्टकार्ड छिट्टै सम्बन्धित व्यक्तिलाई वितरण गर्न यातायात सेवा कार्यालयको तर्फबाट सूचना प्रवाह गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*