ट्याक्टर दुर्घटनामा विकको मृत्यु

तु खबर संवाददाता
२०७७ चैत्र २९,आईतवार १७:३१
File Photo

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ना ५ त ६०८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार नमोबुद्ध–२ का १७ वर्षीय झलक विक रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*