ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७७ चैत्र २९,आईतवार १५:०८
File Photo

झापा । झापाको विर्तामोड नगरपालिका–६ मा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान पूर्वतर्फ आउँदै गरेको मे १ ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे ४ प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७२८९ नंको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल र्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिएको छ ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*