गेस्ट हाउसमा शव फेला

तु खबर संवाददाता
२०७७ चैत्र २९,आईतवार १५:००
File Photo

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मित्र नगरस्थित गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ ।

गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृतक क्षेत्रीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*