सवारी दुर्घटनामा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ चैत्र २९,आईतवार १४:३५

चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनिन्त्रित भई पल्टिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ र ५५ वर्षीय दुई जना पुरुष रहेका छन् । उनीहरुको नाम र ठेगाना भने खुल्न नसकेको जनाइएको छ ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, सोही दुर्घटनामा परी सात जना घाइते भएका छन् । तीमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*