मकवानपुरमा सवारी दुर्घटना बढ्दो, आठ महिनामा ४६ को मृत्यु

तु खबर संवाददाता
२०७७ चैत्र २९,आईतवार ०९:४२

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनाका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत्र महिनासम्ममा जिल्लामा १०९ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परी ४६ जनाको मृत्यु, १३९ जना गम्भीर घाइते भएका छन् भने दुई सय १२ जना सामान्य घाइते भएका छन् ।

साउन महिनामा १७ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते र ८ जना सामान्य घाइते, भदौ महिनामा ८ सवारी दुर्घटना हुँदा ६ जना गम्भीर घाइते र ७ जना सामान्य घाइते भएका छन् । उक्त महिनामा भएको दुर्घटनामा कुनै पनि व्यक्तिको मृत्यु भएको छैन ।

त्यस्तै, असोज महिनामा ३५ सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु, ३१ जना गम्भीर घाइते र २९ जना सामान्य घाइते, कार्तिक महिनामा २४ दुर्घटना हुँदा ३ जनाको मृत्यु, २७ जना गम्भीर घाइते र २० जना सामान्य घाइते, र मंसिर महिनामा २३ दुर्घटना हुँदा ४ जनाको मृत्यु, २३ जना गम्भीर घाइते र १० जना सामान्य घाइते भएका छन् ।

पुष महिनामा १३  दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते र ४७ जना सामान्य घाइते रहेका छन् । त्यस्तै माघमा २७ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ जना गम्भीर  घाइते र ४७ जना सामान्य घाइते, फागुनमा २७ वटा दुर्घटना हुँदा ९ जनाको मृत्यु, १६ जना गम्भीर घाइते र ४१ जना सामान्य घाइते भएका छन् भने चैत्रमा दुघटना १६ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत बर्षमा १२० वटा सडक हुँदा ६९ जनाको मृत्यु, ६४ जना गम्भीर घाइते र १०२ जना सामान्य घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*