बागमती प्रदेशः जोड्दै र तोड्दै एक अंक

पत्रपत्रिका
२०७७ चैत्र २८,शनिबार ०९:०५
फाइल तस्बिर

मकवानपुर । एक अंकको महत्व अपरम्पार छ । एक अंककै कारण कोही जिन्दगीको शिखर चुम्न सफल हुन्छन् त कोही त्यही शिखरबाट तल सर्न बाध्य हुन्छन् ।

जिन्दगीको हारजितमा एक अंकले महत्वपूर्ण भूमिका खेल्छ । भनिन्छ नि, एक वर्षको महत्व परीक्षामा फेल हुनेलाई सोध । १ महिलाको महत्व तलब नपाउनेलाई सोध । एक हप्ताको महत्व अस्पतालमा बिरामीलाई सोध । एक दिनको महत्व दिन भोकै काट्नेलाई सोध। एक घण्टाको महत्व कसैको पर्खाइमा रहनेलाई सोध ।

एक मिनेटको महत्व जहाज छुटेकालाई सोध । एक सेकेण्डको महत्व दुर्घटनाबाट बचेकोलाई सोध । एक मिलिसेकेण्डको महत्व दौडमा हार्नेलाई सोध । एक माइक्रो सकेण्डको महत्व युद्धमा गोली लाग्नबाट बचेको सिपाहीलाई सोध भन्ने भनाइहरु निकै चाखलाग्दा छन्। हुन पनि हो, यो एकको महत्व अपरम्पार छ।

१ मतले एमाले सरकारमा
फागुन २३ गते नेकपाका नामको विवादबारे सर्वोच्च अदालतको निर्णयपछि पुनस्थापित प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र भिन्न दलका रुपमा स्थापित भएका थिए । त्यसबाट उत्पन्न परिस्थितिका कारण सरकार निर्माणका लागि समीकरण पनि परिवर्तन हुने संकेत।

त्यहीबेला नै देखिएको थियो । गत निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए। पछि दुई दलबीच एकीकरण भयो, जसबाट झण्डै दुई तिहाइ बहुमतसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  बन्न गयो।

त्यहीअनुसार नै बागमती प्रदेशमा प्रदेश सरकार गठन भएको थियो । बागमती प्रदेशसभामा एक सय १० सदस्य छन् । लोकतान्त्रिक विधि र पद्धतिअनुसार सरकार गठनका लागि बहुमत चाहिने हुन्छ । जसमा एमालेको मात्र ५७ सदस्य छन् । ५५ सदस्य हुँदा ‘ड«’ हुने र ५६ हुँदा बन्ने सरकारमा एक सदस्यले गर्दा प्रदेश सरकारमा एमालेको एकल नेतृत्व छ।

१ मतले कांग्रेसले गुमायो
सत्तामा नभएको धेरै संख्या सांसद् भएको एउटै पार्टी संधैं प्रमुख प्रतिपक्ष दल हुने कानुनी व्यवस्था रहँदै आएको छ । बागमती प्रदेशमा नेकपा फुट्नुभन्दा अगाडि सत्तारुढ दल थियो । त्यसो हुँदा उनीहरु ८० सदस्य थिए । जसमा काँग्रेसका २२ सदस्य थिए । अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्र र नेकपा एमाले छुट्टै भए।

तीन वर्ष प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गरिरहेको नेपाली काँग्रेस एक मतकै कारण त्यो भूमिकाबाट बाहिरिनुपर्यो।

अदालतको फैसलासँगै बागमती प्रदेशमा स्वतः माओवादी केन्द्र प्रमुख प्रतिपक्ष बन्न पुग्यो । काँग्रेसको २२ सदस्य हुँदा नेकपा माओवादी केन्द्रको २३ सदस्य छन् । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका प्रमुख इन्द्रबहादुर बानियाँ थिए । प्रमुख प्रतिपक्ष दलको भूमिकाबाट हटेसँगै हाल उनको सेवासुबिधा काटिएको छ।

१ मतले सिग्देल अध्यक्ष
२०७२ सालमा नेकपा (एमाले) मकवानपुर अध्यक्षमा मुनु सिग्देल एक मत अन्तरले विजयी भएकी थिइन।। यसमा पनि एक अंककै अपरम्पार छ । एमाले मकवानपुरको १० औं अधिवेशनले पार्टी अध्यक्षमा सिग्देल निर्वाचित भएकी थिइन् । निकटतम् प्रतिद्वन्द्वी रघुनाथ खुलाललाई १ मत अन्तरले पराजित गर्दै सिग्देल २ सय १३ मत ल्याएर विजयी भएकी थिइन्। आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*