रोजगारी सिर्जनाका लागि बागमती प्रदेश सरकारले ऋण उपलब्ध गराउने

तु खबर संवाददाता
२०७७ चैत्र २७,शुक्रबार ०९:०९

मकवानपुर । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि प्रदेशभित्रका नागरिकलाई सहुलियतपूर्ण ब्याज दरमा ऋण उपलब्ध गराउने भएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कृषि, उद्योग, पर्यटन, वन, वातावरण, व्यापार व्यवसायलगायत ७ क्षेत्रमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि प्रदेशभिका नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो ।

मन्त्रालयले सहुलियतपूर्ण ब्याजदरमा बढीमा ५ वर्षका लागि अधिकतम् १० लाख रुपियाँसम्म ऋण उपलब्ध गराउन लागिएको जनाएको छ । कृषि, उद्योग व्यबसाय, पर्यटन प्रवर्द्धन, व्यापार व्यबसाय, बन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहर मैला व्यबस्थापन क्षेत्रमा ऋणप्रवाह गरिने बताइएको छ।

मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित घरेल तथा लघ उद्योग व्यबसायीलाई पुनउत्थान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

सहुलियत ऋणप्रवाहका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तीन अर्ब रुपियाँ ऋण लगानी घोषणा गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*