कांग्रेस संकटमा छैनः देउवा

पत्रपत्रिका
२०७७ चैत्र २६,बिहीबार ०८:४६
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् । उनले सो कुरा जोशीकोे १३ औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बताएका हुन् ।

स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय भएको देउवाको भनाइ थियो । उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र जोशीको निधनले पार्टी हाँक्ने नेता गुमाउनुपरेको बताए । फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रममा बोलेको विषयलाई खण्डन गर्दै देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताए । पार्टीका नेता कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन आग्रह गरे ।

उनले भने – ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं । पार्टी जितहारले संकटमा नभइ धेरैपटक हामी हारेका छौं । धेरैपटक जितेका पनि छौं । त्यसै कारण हामीले डिमोरलाइज हुने काम छैन । आफैंले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’ यो सामाचार आजको नेपालसमाचारपत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*