बागमती प्रदेशसभामा सर्वदलीय बठैक बस्दै

तु खबर संवाददाता
२०७७ चैत्र २६,बिहीबार ०८:२३

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान साढे ८ बजेदेखि सुरु हुने बागमती प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रमुख सचिव खड्काका अनुसार, सर्वदलीयमा बैठकमा प्रदेशसभाको बैठक सूचारु गर्न के–कस्तो तरिका अपनाउन सकिन्छ भन्ने विषयमाथि छलफल हुनेछ ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेताहरुले विभिन्न माग गर्दै अवरुद्धगरेपछि स्थगित भएको थियो । प्रदेशसभाको बैठक आज ११ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*