अबको विकल्प राप्रपाः अध्यक्ष थापा

तु खबर संवाददाता
२०७७ चैत्र २५,बुधबार १८:४९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपा रहेको बताएका छन् ।

बुधबार राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपा भएको बताएका हुन् ।

अध्यक्ष थापाले भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्ताबादलाई सधैको लागि अन्त्य गर्नको निमित्त जनताको मन जितेर राप्रपा अघि बढ्नुपर्ने बताए ।

काङ्ग्रेस र कम्युनिष्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको भन्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुकुकको हित नगर्नेसमेत ठोकुवा गरे ।

सत्ता, शक्तिको निमित्त भएको लुछाचुढिले मुलुक अन्यौल अनिश्चितता तर्फ धकेलिएको भन्दै थापाले ताजा जनादेश मात्र अबको बिकल्प भएको स्पष्ट पारे ।

उनले पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तहसम्म लैजान आग्रह गरे ।

कार्यक्रममा नव निर्वाचित वडा तहदेखी जिल्ला कार्यसमितिका पदाधिकारी हरुको सहभागीता रहेको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*