बागमती प्रदेशसभाको बैठक ११ बजे बस्दै

तु खबर संवाददाता
२०७७ चैत्र २५,बुधबार १०:३४

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेशसभाको भवनमा बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

आज बस्ने उक्त बैठकमा हिजो बसेको कार्यपरामर्श समितिको बैठकबाट निर्णय भइ आएको कार्यसूचीहरुमाथि छलफल हुने र राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्ताव बारे पनि उक्त बैठकलाई जानकारी दिने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यपरामर्श समितिको बैठकबाट निर्णय भई आएको कार्यसूचीहरुमाथि मंगलबार नै बसेको प्रदेशसभा बैठकमा छलफल गर्नेभनिएपनि प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र संसदीय दलका नेताहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजिनामा माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*