राप्रपा मकवानपुरको अध्यक्षमा सापकोटा

तु खबर संवाददाता
२०७७ चैत्र २३,सोमबार १७:०६

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको अध्यक्ष पदमा गुरुप्रसाद सापकोटा चयन भएका छन् ।

राप्रपा मकवानपुरमा आइतबार भएको निर्वाचनमा सापकोटा अध्यक्ष पदमा निविरोध चयन भएका हुन् ।

यसैगरी, राप्रपा मकवानपुरको वरिष्ठ उपाध्यक्षमा खिलप्रसाद चौलागाई, उपाध्यक्षमा मन डिसी, सचिवमा सागर थापा र कोषाध्यक्षमा ध्रुब सञ्जेल चयन भएका छन् ।

राप्रपाको विधानको अधिकार प्रयोग गरी अध्यक्ष सापकोटाले आज मनोनित गरी पार्टीको कार्यविभाजन गरेका थिए ।

हेटौँडामा सम्पन्न भएको पार्टीको जिल्ला अधिवेशनबाट पार्टीको अध्यक्ष सापकोटा र अन्य जिल्ला सदस्यहरु गरी ३१ जना निविरोध निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*