मार्सल आर्टको नगर छनौट

तु खबर संवाददाता
२०७७ चैत्र २२,आईतवार १४:२७

मकवानपुर । राष्ट्रपति रनिङशिल्डको नगर छनौट अन्तर्गत मार्सल आर्टका छनौट भएको छ । हेटौडा उपमहानगरपालिका स्तरीय छनौट यही चैत्र २६ र २७ गते हुने कराते, तेक्वान्दो र उसुका लागि खेलाडी छनौट गरिएको सम्बन्धित संघहरुले जनाएका छन् ।

सिद्धार्थ माविको व्यवस्थापनमा भएको छनौटमा सितेरियो कराते तर्फ छात्रमा ४२ केजी तौल समूहमा महेन्द्र किरण माविका अतित बल र र ५२ केजीमा अभिशेक बल लामा छनौट भएका छन् ।

यस्तै, ४७ केजीमा भुटन देवी माविका आशिष बानियाँ छनौट भएका कराते प्रशिक्षक विष्णुभक्त लामाले जानकारी दिए ।

यस्तै छात्रा तर्फ ४० केजीमा शलिना पाख्रीन र ४५ केजीमा श्रृष्टी घलान बालउज्जल मावि तथा ५० केजी तौल समुहमा चुरिया माई माविकी सेसना गुम्वा छनौट भएका छन् ।

यस्तै उसुतर्फ छान् क्वानमा सोलिड्यारीटीका प्रतिक ठकुरी र आसाईकी नुवा भ्लोन ,नान्क्वानमा आसाईका सुरज बस्नेत तथा प्रगतिकी छिरिङ डोल्मा सिन्तान तथा ताईची क्वानमा आधुनिकका सेवित थापा र जीएस कि रितिका केसी छनौट भएका उसु प्रशिक्षक विमल थापा मगरले जानकारी दिएका छन् । यस्तै तेक्वान्दोमा छात्रा तर्फ ४२ केजीमा जनप्रिय माविकी कविना राई र ४६ केजीमा रुविसा राई तथा ४४ केजीमा आधुनिक माविकी क्रिस्मा ब्लोन छनौट भएका छन ।

यस्तै छत्र तफ ४५ केजीमा सिद्धार्थ माविका युसुफ हुसेन, ४८ केजीमा चन्द्रोदय माविका रमेश अधिकारी र ५१ केजीमा त्रिभुवन मावि हटियाका अभिशेक बानिया छनौट भएका छन् । मार्सल आर्टमा नगरबाट छनौट भएका खेलाडीहरुले यही चैत्र २८ गते जिल्ला स्तरीय प्रतियोगितामा खेल्ने खेलकुद विकास समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*