नेपाली कांग्रेसको निर्णय आत्मघाती छः कमल थापा

तु खबर संवाददाता
२०७७ चैत्र २१,शनिबार १४:३६
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली कांग्रेसको निर्णय आत्मघाती भएको बताएका छन् ।

कांग्रेसले हिजो शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेको थियो। सोही निर्णयलाई अध्यक्ष थापाले शनिबार ट्वीटमार्फत आत्मघाती भएको बताएका हुन् ।

उनले अपवित्र गठबन्धन बनाएर कुशासनको निरन्तता दिने कांग्रेसको चाहना आत्मघाती हुने दाबी गरे ।

त्यसैगरी उनले अहिलेको संकटको निकास नयाँ चुनाव भएको बताएका छन् ।

उनले भने, ‘वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो । कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसंग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कंग्रेसको पछिल्लो चाहना÷निर्णय आत्मघाती हुनेछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*