हेटौँडा–१९ मा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७७ चैत्र १८,बुधबार १८:१०
file-photo

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ मा जिल्ला स्तरीय महिला भलिबल र टोल विकास स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

हेटौँडा–१९, बस्तिपुरको आयोजनामा यही चैत्र १९ गतेदेखि जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता २०७७ र दोस्रो टोलविकास स्तरीयय पुरुष भलिबल प्रतियोगिता २०७७ हुने भएको हो ।

चैत्र २२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता हेटौँडा–१९, नेवारपानीस्थित शहरी स्वास्थ्य केन्द्रको खेलमैदानमा हुने भएको आयोजकले जनाएको छ ।

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार रुपैयाँ, दोस्रो हुने टिमले २५ हजार रुपैयाँ, तेस्रो र चौथो हुने टिमले क्रमशः ५÷५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी, टोल विकास स्तरीय पुरुप भलिबल प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार रुपैयाँ, दोस्रो हुने टिमले १० हजार रुपैयाँ, तेस्रो र चौथो हुने टिमले क्रमशः ५÷५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगितामा जिल्लाका मकवानपुरगढी गाउँपालिका, बकैया गापा, थाहानगरपालिका, हेटौँडा–१९, हेटौँडा–२, हेटौँडा–९, हेटौँडा–१० र हेटौँडा–११ गरी ८ वटा टिम तथा टोल विकास स्तरीय भलिबल प्रतियोगितामा १९ नम्वरका १४ वटा टोलविकास संस्थाहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*