अन्तर शहर बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडालाई

तु खबर संवाददाता
२०७७ चैत्र १५,आईतवार ०९:३८

मकवानपुर । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा भएको अन्तर शहर बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ ।

शनिबार भएको सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई पराजित गर्दै हेटौँडाले १३ अंकसहित उपाधि हात पारेको हो ।

त्यस्तै, प्रतियोगितामा १२ अंकका साथ दोलखा जिल्ला दोस्रो स्थानमा प्राप्त गरेको थियो ।

१८ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा ललितपुरका ३ वटा टिमले क्रमशः तेस्रो, चौथो र पाँचौ स्थान हाँसिल गरे । ललितपुर महानगरपालकाले प्रतियोगितामा १० अंकका साथ तेस्रो, ललितपुर खेलकुद क्लबले ९ अंकका बटुल्दै चौथो र महालक्ष्मी नगरपालिकाले ८ अंकका साथ पाँचौ स्थान हाँसिल गरेको हो ।

प्रतियोगितामा प्रथम हुँदै हेटौंडाले नगद रु २ लाख ५० हजार रुपैयाँ, दोस्रो स्थानको दोलखाले १ लाख ५० हजार रुपैयाँ, तेस्रो स्थानको ललितपुर महानगरपालिकाले ५० हजार रुपैयाँ, चौथो हुने ललितपुर खेलकुद क्लबले ३० हजार रुपैयाँ र पाचौं भएको महालक्ष्मी नगरपालिका २० हजार रुपैयाँसहित शिल्ड, मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी खेलाडीहरलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्दै नुवाकोटको विदुर नगरपालिकाका तर्फबाट एक नम्बर बोर्डमा खेलेका आश्र्चय चौधरी, २ नम्बर बोर्डमा खेलेका दोलखाका मनिष हमाल, ३ नम्बर बोर्डमा खेलेका हेटौंडाका सुरवीर लामा, ४ नम्बर बोर्डमा खेलेका हेटौंडाका रुपेश जैसवाल र ५ नम्बर बोर्डमा खेलेका हेटौंडाका क्षितिज भण्डारीले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*