नीति नियमको वेवास्ता गर्नेलाई जनताले स्वीकार गर्दैनः जनार्दन शर्मा

मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पूर्व गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नीति नियमको वेवास्ता गर्दै नेपालको राष्ट्रियता माथि आँच पुर्याउनेलाई नेपाली जनताले स्वीकार नगर्ने बताएका छन् ।
शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले नीति नियमको वेवास्ता गर्दै नेपालको राष्ट्रियतामाथि आँच पुर्याउनेलाई नेपाली जनताले स्वीकार नगर्ने बताउँदै आवश्यक परे नेपाली जनता फेरी पनि बलिदान दिन तयार रहेको बताए ।
नेता शर्माले संविधानको कार्यान्वयनमा सही ढंगले लाग्नु पर्ने अवस्थामा जनताले दिएको बहुमतलाई लत्याउँदै केही व्यक्तिहरुले विधी र विधानलाई अस्वीकार गर्दा देशमा संकट आई परेकोमा चिन्ता व्यक्त गरे ।
‘उनले भने, ‘राजनीतिलाई व्यापार बनाई अकुत सम्पती कमाउनेहरूले अब बिचार गर्नुपर्ने बेला आएको छ । विधी र विधानलाई लत्याएर स्वार्थ पुरा गर्न व्यस्त हुनेहरुले बेलैमा सच्चिनु पर्ने अवस्था सृजना भएको छ ।’
जनताले निर्माण गर्ने पार्टीलाई अदालतले भंग गर्नु जनताको स्वतन्त्रता माथिको प्रहार भएको उनको भनाई छ ।