विभिन्न पार्टी परित्याग गरी २२१ जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ चैत्र १३,शुक्रबार ०८:३६

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ५ बगेरमा विभिन्न पार्टी परित्याग गरी १२१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहिबार कांग्रेस बागमती गाउँपालिका सभापति भक्तबहादुर राईको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको बनभोज तथा गाउँसभा कार्यक्रममा नेकपा एमाले, माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी २२१ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि नेता बानियाँले पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले क्रियाशिलता, योग्यता र क्षमताको आधारमा पार्टीमा उचित स्थान दिने बताउँदै कांग्रेसले कम्युनिस्टले जस्तो झुटो आश्वासन नदिने बताए ।

उक्त कार्यक्रममा ७० वर्ष पुगेका बृद्धबृद्धालाई खाँदा ओढाएर सम्मान गरिएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रबक्ता प्रदिप कोइराला, जिल्ला सल्लाहकार रिता खनाल, जिल्ला सदस्यहरु शेरबहादुर लामा, मिरा स्याङतान, प्रतिनिधिसभा १ का संघिय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति डिल्लीप्रसाद घोरासैनी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, कांग्रेस बकैया गाउँपालिका सभापति भूमिनन्द गौतम, हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइराला, तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, कांग्रेसका नेताहरु जयबहादुर राई, मिठाराम दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*