बिहिबार सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै बिहिबार सुनको भाउ प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।